images

सोमवार, बैशाख २४ गते २०८१

१७ औं वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा स्वास्थ्य शिविर तथा रक्तदान

१७ औं वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा स्वास्थ्य शिविर तथा रक्तदान

images
images
images
शनिवार, बैशाख ८ २०८१
शनिवार, बैशाख ८ २०८१
  • १७ औं वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा स्वास्थ्य शिविर तथा रक्तदान
    बुटवल, ८ वैशाख ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको  अवसरमा शुक्रबार बैंकको बुटवल शाखाले वित्तीय साक्षरता र्याली निकालेको छ । त्यस्तै गैडहवा गाउँपालिकाको आयोजना तथा चौराहा हस्पिटलको प्राविधिक सहयोग र सिटिजन्स बैंकको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
     
    दिव्य ज्योती स्कूलमा सञ्चालन गरिएको शिविरमा २२५ जनाले स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ । 
     
    कार्यक्रममा सिटिजन्स बैंकका लुम्बिनी प्रदेश ३ क्लस्टर प्रकाश गौतमले हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताए । 
     
    उक्त कार्यक्रममा गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, हस्पिटलका प्रबन्ध निर्देशक विरु भण्डारी, बैंकका निलम श्रेष्ठ, विष्णुमाया पाण्डे, डिवि राना, निशा थापालगायतले बोलेका थिए । त्यस्तै शुक्रबार बुटवल रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरेर ६० जनादाताले रक्तदान गरेको लुम्बिनी प्रदेश क्लस्टर ४ का संजय पुनले बताए । 
     
     
    बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक लगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने बुटवल शाखाका प्रबन्धक किरण कुमार के.सी.ले जानकारी दिए । 
     
     
     
     
     
     
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij