२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

लुम्बिनी निर्माण व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान

शनिवार , बैशाख ८, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, ८ वैशाख ।
    लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति, रुपन्देहीले नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोही कार्यक्रममा नव वर्ष २०८१ को भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरिएको भित्तेपात्रो प्रकाशन संयोजक राजन ज्ञवालीले बताए ।

    लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मन्जु भुसालको अध्यक्षता, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपमहासचिव विनय ज्ञवालीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन लुम्बिनी निर्माण व्यवसायी संघका महासचिव प्रितम रौनियारले गरेका थिए ।