images

सोमवार, बैशाख २४ गते २०८१

नेपालमा लगानी भित्राउनका लागि आवश्यक वातावरण बनाउन कानूनी सुधार भइरहेको छ : मन्त्री शर्मा

नेपालमा लगानी भित्राउनका लागि आवश्यक वातावरण बनाउन कानूनी सुधार भइरहेको छ : मन्त्री शर्मा

images
images
images
आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • नेपालमा लगानी भित्राउनका लागि आवश्यक वातावरण बनाउन कानूनी सुधार भइरहेको छ : मन्त्री शर्मा

    काठमाडौं, ९ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा लगानी भित्राउनका लागि आवश्यक वातावरण बनाउन कानूनी सुधार भइरहेको बताएकी छन् ।

    images
    images
    images

    आइतबार सिंहदरबारमा बिभिन्न देशका प्रतिनिधिहरुसंग अन्तराष्ट्रिय सञ्चार तथा सूचना प्रविधिको बिषयमा छलफल गर्दै मन्त्री शर्माले बैशाख १६ र १७ गने हुने लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताका साथै स्वदेशी लगानीकर्तालाई समेत एकैठाँउ राखेर छलफल गरिने भन्दै सहज रुपमा लगानी गर्न आश्वयक कानूनी सुधार भइरहेको बताइन् ।

    उनले सूचना प्रविधिको क्षेत्रमा लगानी भित्राउन र आफ्ना संस्थाहरुमार्फत नेपालमा लगानीको पहल गर्न आह्वान गर्दै सरकार लगानीका लागि सहजीकरण गर्न र विश्वासको वातावरण तयार गर्न प्रतिवद्ध रहेको धारणा राखीन् । प्रविधि र प्रणालीहरुको सुरक्षित र जवाफदेही प्रयोगका लािथ आवश्यक कार्नूनहरु निर्माणलाई तीव्रता दिइएको उनले बताइन् । उनले स्वदेशमा प्रविधिमैत्री संरचना र दक्ष जनशक्ति व्यवस्था गर्न सके आर्थिक समृद्धि हासिल गर्न सहज हुने जिकिर गरिन् । आगामी बर्षको नीति तथा कार्यक्रमका साथै बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

    उनले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उदेश्यका साथ यसको समसामायिक परिमार्जनको काम अघि बढाएको जानकारी पनि दिइन् ।
    मन्त्री शर्माले नेपाल सरकारले सेवा प्रवाहमा सूचना प्रवाहमा प्रविधिलाई महत्वका साथ राख्दै आएको र सार्वजनिक सेवामा विधुतीय प्रणालीको उपयोगमा बढोतरी भएको पनि बताइन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij