२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चल्यो : डा. भट्टराई

आइतवार , बैशाख ९, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • रुपन्देही, ९ वैशाख ।
    नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको जिकिर गरे ।

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आइतबार रुपन्देहीको बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा डा. भट्टराईले यस्तो बताएका हुन् । उनले देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसाय धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको, सरकारले उठाएका ठूला फाईलहरुको हालसम्म कुनै टुंगोमा पुर्याउन नसकेको बताउँदै सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको दापी गरे ।
    अध्यक्ष भट्टराईले भने, ‘राजनीतिक भनेको देश लुट्ने अस्त्र बन्यो । चुनावलाई महंगो बनाउने र नागरिकले दिएको मतले जितेर त्यसको फाइदा विभिन्न नाममा भ्रष्टाचार गर्ने प्रवृत्ति छ ।’

    देशमा उदाएका नयाँ शक्तिहरुको उपयुक्तता नहुने ठोकुवा गर्दै अब देशको विकासका लागि विभिन्न दिशामुखी दलहरु भन्दा देशलाई नेपालमुखी दल चाहिएकाले आफ्नो पार्टीलाई नयाँ वैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको जनाए । उनले थपे, ‘आफ्नो पार्टीलाई केही शक्तिहरुले धमिलो बनाउन खोजेका थिए । मैले ती तत्वहरुलाई प्रदूषित गराउनबाट बचाउन अलग गरिसके म अब आफ्नो पार्टीलाई नेपालमुखी बनाउनेमा कस्सिएको छु, ’डा.भट्टराईले भने । अहिलेको राजनीतिक गठबन्धन ठगबन्धन भएको बताउँदै यसप्रति जनताहरुले यसबाट कुनै नयाँ परिवर्तनको अपेक्षा नराखेको उनले बताए ।

    ‘सत्ताको लालाची आफू कहिल्यै भइएन । हुँदैन पनि ।  पदको निम्ति कहिले पनि कसैसँग सम्झौता गरेको छैन् । मैले कुनै भ्रष्टाचार गरेको कुनै प्रमाण छ ? भन्दै प्रश्न गरे । केही भुक्ने कुकुर छन्, ती भुक्ने कुकुरहरुलाई ढुंगा हान्ने भन्दा मेरो ध्यान आफ्नै बाटोमा लागेको छु । हामीहरुको एउटा माग छ त्यो हो, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्वाचन प्रणाली । त्यसमा गयो भने मात्रै देशमा स्थायीत्व सरकार आउने र विकास हुने विश्वास छ, ’उनले भने ।