२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

सम्मरीमाई–३ मा महिला स्वास्थ्य स्वयंसेविकालाई आँखा स्वास्थ्य शिक्षा अभिमुखीकरण

सोमवार , बैशाख १०, २०८१

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, १० वैशाख ।
    रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि एकदिने आँखा स्वास्थ्य शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

    नेपाल नेत्रज्योति संघ रुपन्देही शाखा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको आयोजनामा आइतबार सम्मरीमाई–३ स्थित थुम्हवा पिपरहवा स्वास्थ्य चौकीमा उक्त कार्यक्रम भएको हो ।

    कार्यक्रममा १० जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागीता रहेको श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाका वरिष्ठ नेत्र अधिकृत संजीव अधिकारीले बताए । कार्यक्रमको सहजीकरण अस्पतालका वरिष्ठ नेत्र अधिकृत अधिकारीले गरेका थिए । अस्पतालले विभिन्न पालिकामा आँखा स्वास्थ्य शिक्षा अभिमुखीकरण कार्यक्रम गर्दै आएको अधिकारीले बताए ।