२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

रुपन्देहीमा एकै वडाका ७ जना फरार प्रतिवादी पक्राउ

मंगलवार , बैशाख ११, २०८१

  • 949
    Shares
  • 949
    Shares
  • भैरहवा, ११ वैशाख ।
    रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा कैद सजाय भइ फरार भएका ७ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै प्रतिवादीहरु एउटै वडा (कोटहीमाई गाउँपालिका वडा नम्बर १) का रहेका छन् । 

    ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले प्रतिवादीहरुलाई पक्राउ गरेको तथा सोमबार उनीहरुलाई जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

    को–को पक्राउ परे ?

    डीएसपी भट्टका अनुसार २०७१ चैत १९ को फैसलाले चोरी मुद्दामा १ महिना कैद र ६ हजार ९ सय ६० रुपैयाँ जरिवाना फैसला भएको कोटहीमाई–१ बस्ने प्रेम सागर यादव पक्राउ परेका छन् ।

    त्यस्तै २०६७ मंसिर २९ को फैसलाले कुटपिट लुटपिट मुद्दामा ४ सय रुपैयाँ जरिवाना भएका मंगरे लोध, सोही मितिको फैसलाले सोही मुद्दामा ४ सय जरिवाना भएका दुबर लोध, राजमति लोध, चम्पा लोध, प्रेमा लोध र आसरे लोधलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।