२०८२, फाल्गुण १२ गते

Feb 24 2026 | २०८२, फाल्गुण १२ गते

सनातन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

मंगलवार , बैशाख ११, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, ११ वैशाख । भारत रक्षा मञ्चका उच्च अधिकारीले नेपाल भ्रमण गरेका छन् । भारत रक्षा मञ्चका राष्ट्रिय संगठन मन्त्री प्रशान्त कोतवाल, मञ्चका राष्ट्रिय महामन्त्री डा. अशोक आचार्य र भारत रक्षा मञ्च मुम्बई प्रान्त महामन्त्री शीतल राजेसहितको टीमले नेपाल भ्रमण गरेका हुन् । 

    रामआचार्य सेवा पिठ चतराधाम सुनसरीका जगतगुरु कृष्णराज गिरीजी महाराजको निमन्त्रणमा उनीहरु नेपाल आएका हुन् । चतरामा भारतको बागेश्वर धामका प्रमुख धिरेन्द्र शास्त्री महाराजको उपस्थितिमा भएको हनुमत महायज्ञमा सहभागी हुन नेपाल आएका उनीहरुले काठमाडौंस्थित पशुपतिनाथ मन्दिर दर्शन, बुद्ध जन्मस्थल लुम्बिनी तथा रुपन्देहीका गुरुकुल तथा सनातन पिठहरुको अवलोकन भ्रमण गरेका थिए । 

    हिन्दुत्वको जागरण फैलाउन, सनातन संस्कृतिको संरक्षण गर्न तथा नेपाल र भारतबीचको साँस्कृतिक सम्बन्धलाई थप बलियो बनाउनका लागि नेपाल भ्रमण गरेको बताएका छन् । नेपाल तथा भारतमा सनातन हिन्दू धर्ममाथि हँुदै आएको आक्रमणबाट दुवै देश संकटमा परेको उल्लेख गर्दै उनीहरुले दुवै राष्ट्रलाई जोगाउनका लागि एकआपसमा जुट्नुपर्नेमा जोड दिए । 

    विभिन्न धार्मिक कार्यक्रम अघि बढाउन, मानवतावाद बढाउनका लागि आफुहरु नेपालमा आएको उल्लेख गर्दै नेपालमा बस्दा हिन्दू धर्मको रक्षाका लागि काम गरिरहेका व्यक्तिहरु भेटघाट गरिएको बताए । उनीहरुले शिक्षा, संस्कृति, साहित्व र समाजलाई जोगाउनका लागि सबै नागरिक एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै मुलुकको रक्षा हिन्दू धर्म र संस्कृतिले मात्र जोगाउन सक्ने बताए । उनीहरुले पछिल्लो समय नेपालमा संस्कृत विषयको अध्ययन र गुरुकुल पद्दतिको पढाइमा वृद्धि भएकोप्रति खुसी समेत व्यक्त गरेका छन् ।