२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी नव युवा क्लब र वर्ल्ड लिंकद्वारा रक्तदान

मंगलवार , बैशाख ११, २०८१

भैरहवा, ११ वैशाख ।
लुम्बिनी नव युवा क्लब लुम्बिनी साँस्कृतिक नगरपालिका–३ पडरिया, रुपन्देहीको आयोजना तथा वल्र्डलिंक कम्युनिकेशन लिमिटेडको सह–आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी उपशाखाको समन्वय तथा प्राविधिक सहयोगमा रुमिन्देही चैत पूर्णिमा मेला लाग्ने बगैंचामा भएको कार्यक्रममा ५० जना बढीले रक्तदान गरेको वल्र्डलिंक कम्युनिकेशन लिमिटेडका सेल्स सुपरभाइजर अजय भुसालले बताए । बिरामीहरुलाई रगतको अभाव हुन नदिन आज अरुको लागि भोली आफ्नो लागि भन्ने नाराका साथ कार्यक्रम गरिएको भुसालले बताए । पछिल्लो समय वल्र्डलिंक इन्टरनेट सेवासँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएको उनले बताए । ‘विभिन्न स्वास्थ्य शिविरदेखि लिएर धार्मिक तथा साँस्कृतिक क्षेत्रमा सक्रिय रहेको छ, ’भुसालले भने ।

WhatsApp Image 2024-04-23 at 2.49.09 PM (1).jpeg