images

शनिवार, बैशाख २२ गते २०८१

जनमतका सचिव भोपेन्द्र यादवको दावी–बझाङमा पार्टीको जग बसालिसक्यौं

जनमतका सचिव भोपेन्द्र यादवको दावी–बझाङमा पार्टीको जग बसालिसक्यौं

images
images
images
मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • जनमतका सचिव भोपेन्द्र यादवको दावी–बझाङमा पार्टीको जग बसालिसक्यौं

    बझाङ, ११ वैशाख ।
    जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले पार्टीले बझाङ जिल्लामा आफ्नो जग बसालेको दावी गरेका छन् । बझाङ क्षेत्र नम्बर १ (क) को प्रदेश सभा तर्फ चुनावी कमाण्ड समालेका यादवले आगामी वैशाख १५ गते हुने निर्वाचनमा सम्मानजनक मत पाउने दावी गर्दै जनमतको जग बसाल्न सफल भएको बताए । 

    images
    images
    images

    उनले बझाङ–१ (क) मा ११ जना उम्मेदवार मैदानमा रहेको तर, जनमत पार्टीले मात्रै महिलालाई उम्मेदवारको रुपमा अघि सारेको बताए । ‘हामीले शुसिला विष्टलाई उम्मेदवार बनाएका छौं, उहाँँले सम्मानजनक मत पाउनुहुनेछ  । उनले भने, ‘बझाङका पाखापखेराहरुमा डा. सिके राउतका विचार र जनमत पार्टीका एजेण्डाहरुको प्रचार गरिरहेका छौं र अहिले यहाँ यही विषयमै धेरै चर्चाहरु भइरहेका छन् ।’

    जनमत पार्टीको नौलो गणतन्त्रको विषयलाई बझाङका जनताले रुचाएको पार्टीका नेता यादवले बताए । जनमतको नेतृत्व गरिरहनुभएका वैज्ञानिक डा.सिके राउतको विचार र पार्टीको एजेण्डा मन पराएर जोडिन चाहनेहरुको संख्या समेत उत्तिकै रहेको उनको भनाइ छ । चुनाव लगत्तै बझाङमा संगठन विस्तारलाई तीव्रता दिइने उनले बताए ।

    438065131_1125531992116249_8226771716638210855_n.jpg

     

    जनमतको तर्फबाट उम्मेदवार शुसिला विष्टले आफूले सम्मानजनक मत पाउने बताइन् । उनले भनिन्, ‘बझाङमा जनमत पार्टीले आफूलाई स्थापित गर्ने र आगामी निर्वाचनमा चुनाव जित्ने गरी संगठन निर्माणमा जुट्छ ।’

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij