images

आइतवार, बैशाख २३ गते २०८१

सिद्धार्थनगरमा मेयर कप सुरु : १, ३, ९ र ११ विजयी

सिद्धार्थनगरमा मेयर कप सुरु : १, ३, ९ र ११ विजयी

images
images
images
बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • सिद्धार्थनगरमा मेयर कप सुरु : १, ३, ९ र ११ विजयी

    भैरहवा, १३ वैशाख ।
    सिद्धार्थनगर नगरपालिकाको कार्यालय, रुपन्देहीको आयोजनामा बिहीबारदेखि भैरहवामा नगरस्तरीय मेयर कप क्रिकेट कप प्रतियोगिता सुरु भएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको नगरप्रमुख इश्तियाक अहमद खानले एम्पायरलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरेका छन् ।

    images
    images
    images

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खानले विगतमा अध्यापन छाडेर खेलकुदमा लागेमा भविष्य राम्रो नहुने अभिभावक बालबालिकालाई सुझाउने गरे पनि हाल विगतको अवस्था फेरिएर अध्यापनको साथै खेलकुदले पनि भविष्य उज्जवल बनाउने बताए । सिद्धार्थ रंगशालालाई स्मरण गर्दै उनले रंगशालाले धेरै खेलाडी जन्माएकोे र खेलाडीहरुका लागि यस रंगशालाको स्तरोन्नति तथा व्यवस्थापनका लागि आफूहरुले सकेको सहयोग गरेको र गर्दै जाने बताए । उनले नगरको विकासका लागि समेत सिद्धार्थ क्रिकेट रंगशालामा अन्तर्राष्ट्रिय खेल प्रतियोगताको आयोजना गराउनका लागि निर्माण कार्य छिटोसम्पन्न गर्न अपील गरे । उनले लुकेका प्रतिभा प्रष्टफुटन गर्नका लागि प्रतियोगिता उत्तम प्लटेफर्म रहेकोले प्रतियोगिताको आयोजना गरिएको बताए ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले खेलाडीहरुले अनुशासनमा खेल खेल्न आग्रह गर्दै खेल र जीवन उस्तै उस्तै रहेकोले खेलको नियम पालना गरे जीवन सफल हुने बताए । उनले प्रतियोगिताको मध्यमले लुकेका प्रतिभा बाहिर आउने भएकोले कार्यक्रम आयोजना गरिएको बताए ।

    प्रतियोगिताका संयोजक एवं सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्र श्रीवास्तवले अगामी वर्ष ‘डे–नाइट’ क्रिकेट प्रतियोगिताका लागि सिद्धार्थनगर प्रिमिएम लिग गराउने प्रयास गर्ने बताए ।

    प्रतियोगिताको पहिलो खेल सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर १ र वडा नम्बर ४ बीच हुने तालिका अनुसार वडा नम्बर ४ निर्धारित समयभित्र मैदानमा नपुगेपछि वडा नम्बर १ विजयी घोषित भएको आयोजकले जनाएका छन् । त्यस्तै वडा नम्बर ३ र ७ बीच भएको दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर ७ लाई ६६ रनले पराजित गर्दै विजयी भएको छ ।

    त्यस्तै वडा नम्बर १० र ११ बीच भएको तेस्रो खेलमा वडा नम्बर ११ ले वडा नम्बर १० लाई एक रनले पराजित गर्दै प्रतियोगिताको आगामी यात्रा तय गरेको प्रतियोगिताको संयोजक विरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए । त्यस्तै प्रतियोगिताको वडा नम्बर ९ र १३ बीच भएको चौथो खेलमा वडा नम्बर १३ लाई ३६ रनले पराजित गर्दै आगामीको खेलको लागि आफ्नो सिट सुरक्षित गर्न सफल भएको छ ।

    सिद्धार्थनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जानह्वी पाण्डेको संचालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रतियोगिता सञ्चालन समिसतका सदस्य एवं वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ, वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले शुभकामना मन्तव्य राखेका थिए । 

    तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरका १३ वटै वडाका टीम सहभागी छन् । प्रतियोगिताको विजेताले करसहित ६८ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाण पत्र, द्वितीय हुनेले करसहित ३४ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । 

    त्यस्तै म्यान अफ दि सिरिजले ६ हजार ६ सय ६७ रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यानले ३ हजार रुपैयाँ, उत्कृष्ट बलरले ३ हजार रुपैयाँ, म्यान अफ द म्याचले १ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता सञ्चालन समितिका सदस्य एवं वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले जानकारी दिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij