images

सोमवार, बैशाख २४ गते २०८१

गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता शुक्रबारबाट ललितपुरमा सुरु

गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता शुक्रबारबाट ललितपुरमा सुरु

images
images
images
शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता शुक्रबारबाट ललितपुरमा सुरु

    काठमाडौं, १४ बैशाख ।  वीर गणेशमान सिंहको स्मृतिमा नवौँ राष्ट्रिय खुला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता शुक्रबारबाट ललितपुरमा सुरु भएको छ ।

    images
    images
    images

    नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सुरु बुद्धिचाल प्रतियोगिताको कांग्रेस उपसभापति पुर्ण बहादुर खड्काले उद्घाटन गरे । बुद्धिचाल प्रतियोगिताका विजेताले एमएडब्लू इन्टरप्राइजेज प्रालिको उत्पादन सलुटो यामाहा मोटरसाइकल प्राप्त गर्नेछन् ।

    उपविजेताले ८० हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले ३० रुपैयाँप्राप्त गर्नेछन् । उद्घाटन कार्यक्रममा उपसभापति खड्काले मुलुकको खेल क्षेत्रको बिकासका लागि राज्यका साथै सवै राजनीतिक दलहरुले प्रतिवद्धता जनाउनुपर्नेमा जोड दिए । उनले खेल क्षेत्रमा युवाहरुको उत्साह बढ्दै गएको सन्दर्भमा खेलाडीहरुको सम्मानका साथै यस क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
    प्रतियोगीताको सुपर लिगमा पहिलो हुनेले नगद २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ८ हजार, पाँचौँले ७ हजार, छैटौँदेखि दशौँ हुने ६÷६ हजार, एघारौँदेखि पन्ध्रौँ हुनेले जनही ५ हजार ५ सय र सोह्रदेखि बिसौँ स्थानमा रहनेले जनही ५÷५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगीता १९ गते सम्पन्न हुनेछ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij