images

सोमवार, बैशाख २४ गते २०८१

प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नवस्न गृहमन्त्रीको निर्देशन

प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नवस्न गृहमन्त्रीको निर्देशन

images
images
images
शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नवस्न गृहमन्त्रीको निर्देशन

    काठमाडाैं, १४ बैशाख ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नवस्न निर्देशन दिएका छन् ।

    images
    images
    images

    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लामिछानेले प्राकृतिक प्रकोपका घटनामा निर्देशक कुरेर बस्दा उद्धार लगाएतका काममा ढिलाई हुने र क्षति पनि धेरै हुन सक्ने भएकाले केन्द्रको निर्देशक कुरेर नवस्न निर्देशन दिएका हुन् ।

    उनले घटना भइसकेपछि तत्काल राहत वितरणको बिषयमा यसअघि नै आफुले आवश्यक निर्देशन दिइसकेको भन्दै कुनै पनि प्रशासनले तत्काल दिने राहतमा ढिलाई नगर्न समेत आग्रह गरे ।

    आपतका बेला सरकार दुई–चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थामा सरकार नरहेको र प्रयाप्त स्रोत परिचालन गरेको उनले बताए ।

    उनले प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरणका लागि यसअघि भएका गल्तीलाई नदोहो¥याउने गरी आवश्यक तयारी गर्न जरुरी रहेको जिकिर गरे । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij