२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको स्थापना हुँदै

शनिवार , फाल्गुण ८, २०७७

भैरहवा, ८ फागुन ।
रुपन्देहीमा रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको स्थापना हुने भएको छ । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको स्पोन्सरमा रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको स्थापना हुने भएको हो । उक्त क्लबको शनिबार स्थापना पूर्व बैठक र साक्षात्कार कार्यक्रम आयोजना गरी क्लब स्थापना हुने जानकारी दिइएको थियो । कपिल चापागाईं संस्थापक अध्यक्ष रहेको क्लबमा ३५ जना संस्थापक सदस्यहरु रहनेछन् ।

साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी नेपालका एसिस्टेन्ट गभर्नर धुर्व कुमार धितालले रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धलाई सामाजिक कार्यमा लाग्न र त्यसका लागि आवश्यक सहयोग गर्न आफु तयार रहेको बताए ।

रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष प्रकाश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रोट्रयाक्क ३२९२ का एडिएस लक्ष्मण खरेल, एडिटी प्रकाश शर्मा, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको सचिव डा. लक्ष्मी पाठक लगायतले बोल्दै युवाहरु सम्मिलित गठन भएको क्लबले स्वार्थ भन्दा माथि रहेर सामाजिक कार्यमा लाग्नुपर्ने बताए ।

प्रस्तावित क्लबका अध्यक्ष चापागाईंले पछाडी परेको समुदायका आवश्यकता पुरा गर्न यस क्षेत्रका रोटरी क्लब र सरकारी निकायसंग हातेमालो गरेर अगाडी बढ्ने बताए ।