images

शुक्रवार, बैशाख २८ गते २०८१

पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशनद्वारा ७ बुँदे घोषणापत्र पारित

पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशनद्वारा ७ बुँदे घोषणापत्र पारित

images
images
images
शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशनद्वारा ७ बुँदे घोषणापत्र पारित

    रुपन्देही, १५ वैशाख ।
    नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशन तथा साधारण सभाले ७ बुँदे घोषणापत्र पारित गरेको छ । शनिबार बुटवलमा सम्पन्न भएको १२ औं अधिवेशन तथा साधारणसभाले स्वतन्त्र, मर्यादित, निष्पक्ष र व्यवसायिक पत्रकारिताको विकासका लागि पत्रकार, सञ्चार संस्था र समग्र सञ्चार क्षेत्रको विकास र सबलीकरण लागि भूमिका खेल्न साधारण सभाले प्रतिवद्धता ब्यक्त गरेको छ । 

    images
    images
    images

    त्यस्तै विभिन्न बहानामा विभिन्न सञ्चारमाध्यमले पत्रकारहरुलाई जागिरबाट हटाउने, पारिश्रमिक रोक्ने, घटाउने जस्ता अप्रिय गतिविधि गरिरहेकोप्रति गम्भिर ध्यानाकर्षण गराउँदै यो अधिवेशन तथा साधारण सभा त्यस्ता प्रवृति तत्काल रोक्न, निकालिएका पत्रकारहरुलाई पुनर्वहाली गर्न तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिको मापदण्ड अनुसार समयै पारिश्रमिक भुक्तानी गर्न त्यस्ता सञ्चार माध्यमलाई जोडदार आग्रह गरेको छ । 

    त्यस्तै सञ्चार क्षेत्रमा व्याप्त आर्थिक संकट अन्त्य गर्न सबैको योगदान जरुरी रहेको ठहर गर्दै यो अधिवेशन तथा साधारण सभा त्यसका लागि उचित वातावरण र नीतिका लागि विभिन्न तहका सरकार तथा सञ्चार क्षेत्रसँग सरोकार राख्ने निकायहरुसँग आग्रह गरेको छ । 

    त्यसै गरी नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य पत्रकारहरुको तत्कालीन, दीर्घकालिन समस्या र स्वास्थ्य उपचारमा सहयोग गर्ने गरी पत्रकार कल्याणकारी कोषलाई थप वृद्धिका लागि पहल गर्न जोड दिएको छ । 

    सञ्चार क्षेत्रमा बढ्दो विकास रफ्तारसँगै कतिपय बेथिति, आचारसंहिता उल्लंघन जस्ता गुनासाहरु सार्वजनिक हुने गरेकोप्रति चासो व्यक्त गर्दै यो अधिवेशन तथा साधारण सभा पत्रकार महासंघको मर्यादामा रहेर पत्रकारिता आचारसंहिताको स्वपालाना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सम्पुर्ण सदस्यहरुलाई अपील सभाले गरेको छ । 

    त्यस्तै नयाँ सूचना प्रविधि प्रयोगमा देखिएका कतिपय विकृतिहरु रोक्न पहल गर्न जरुरी रहेको ठहर गर्दै यो अधिवेशन तथा साधारण सभा त्यस्ता अत्याधुनिक माध्यमहरुको सही सदुपयोग गरी मर्यादित पत्रकारितामा योगदान पुर्याउन १२ औं अधिवेशन तथा साधारणसभाले अपिल गरेको छ । 

    महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवालीको संयोजकत्वमा बनेको समितिले ७ बुँदे घोषणा पत्र तयार पारी बन्दसत्रमा विक्रम खड्का, सरु राना, राम विकास चौधरी र शंकर प्रसाद पाण्डे रहेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij