भैरहवा, १६ वैशाख । सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीले बिरामीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै जनरल सर्जरी सम्बन्धी बिरामीहरुको निःशुल्क चेक जाँच तथा परामर्श गर्ने भएको छ ।
अस्पतालले वैशाख २० गतेदेखि जेठ ४ गतेसम्म जनरल सर्जरी सम्बन्धी जाँच तथा परामर्श गर्ने जनाएको छ । परामर्शको क्रममा आवश्यक पर्ने ल्याब टेस्ट, एक्स–रे, भिडियो एक्स–रे, ईसिजी लगायतका जाँचहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।
अस्पतालले हाइड्रोसिल, हर्निया, पायल्स, पित्तथैलीको पत्थरी, मृगौलाको पत्थरी लगायतका जाँचहरुमा ओ.पि.डी. टिकट निःशुल्क गरेको जनाएको छ ।
अत्याधुनिक ल्याबमा विश्वसनीय तथा उच्च गुणस्तरीय मेसिन औजार तथा दक्ष अनुभवी कर्मचारीसहित उच्चस्तरीय मापदण्डसहित सञ्चालित हस्पिटलले हाल अत्याधुनिक ल्याब उपकरणसहित छिटोछरितो सेवासुविधा उपलब्ध गराउँदै आइरहेको छ ।