२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

युसीएमएस भैरहवाको २५ औं वार्षिक साधारणसभा सम्पन्न

आइतवार , बैशाख १६, २०८१

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १६ वैशाख ।
    युनिभर्सल ईन्स्च्यिुट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि. (युसीयमयस) शिक्षण अस्पताल) को ‘२५ औं वार्षिक साधारणसभा’ भैरहवामा सम्पन्न भएको छ । युसीएमएस शिक्षण अस्पतालका अध्यक्ष रमेश शर्माको सभापतित्व तथा कम्पनी सचिव राजु बस्नेत क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    संस्थाका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले साधारण सभामा सहभागी शेयर सदस्यहरुबाट उठेका प्रश्न, जिज्ञासा लगायतका विषयहरुमा आफ्ना धारणा राखेका थिए ।

    त्यस्तै अध्यक्ष रमेश शर्माद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कम्पनी सचिव राजु बस्नेत क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदनसहितको आर्थिक विवरणहरु सर्वसम्मतिले अनुमोदन गरिएको थियो । 

    साधारण सभाले लर्डबुद्ध एजुकेशनल एकेडमी लिमिटेड अन्तर्गत नेपालगंज मेडिकल कलेजको केही शेयर प्राप्ति सम्बन्धी प्रस्तावलाई पारित गरेको छ । त्यस्तै संस्थाका अध्यक्ष रमेश शर्मा किर्गिजस्तानको अवैतनिक महावाणिज्यदुत नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना प्रस्ताव पनि पारित गरेको छ ।

    3.jpeg

    सभामा युसीएमएसका निर्देशकहरु लोकहर्ष शाक्य, भेषराज अर्याल, संजिविनी ग्रुप अफ कम्पनीका जनरल म्यानेजर सन्तोष कुमार खनाल, युसीएमएस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.रविन्द्रमान श्रेष्ठ, नेपालगंज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार वि.एन., प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.साधन मुखी, वित्त नियन्त्रक सुरज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

    वि.सं. २०५४ सालमा भैरहवामा स्थापना भइ स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज भएको युसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा संस्थाले भोलिका दिनमा थप प्रभावकारी भएर आफ्ना क्रियाकलाप केन्द्रित गर्ने प्रतिवद्धता जाहेर गरेको छ । ’

    1 (1).jpeg

    हालसम्म यस कलेजबाट स्नातक कार्यक्रम अन्तर्गत एम.बी.बी.एस.मा २ हजार ५७, बी.डि.एस.मा ६ सय ७९, बी.एस्सी. नर्सिङ्गमा १ सय  ९६, बि.एन.एस.मा १ सय ५, बी.फार्मेसीमा ९६, बी.एस्सी. एम.एल.टी.मा ४३, बी.पि.एच.मा ४७, वि.एस्सी. एम.आई.टी.मा ९, स्नातकोत्तर कार्यक्रम अन्तर्गत एम.डी./एम.एस.मा २ सय ३२, एम.डी.एस.मा ६६ र एम.एन.मा ६ गरी ३ हजार ५ सय ३६ जना विद्यार्थीहरु दिक्षित भएका छन् । 

    अस्पतालले प्रत्येक वर्ष करिब १ लाख ४० हजार ओ.पि.डी. बिरामी, ३५ हजार आई.पि.(भर्ना विरामी), ४ हजार ५ सय शल्यक्रिया, ६ लाख प्रयोगशाला परीक्षणमार्फत सेवा दिइरहेको युसीएमसएले जनाएको छ ।