images

मंगलवार, जेठ १ गते २०८१

सिद्धार्थनगर–३ ले जित्यो मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि

सिद्धार्थनगर–३ ले जित्यो मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि

images
images
images
आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • सिद्धार्थनगर–३ ले जित्यो मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि

    भैरहवा, १६ वैशाख ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि वडा नम्बर ३ ले जित्न सफल भएको छ ।

    आइतबार भएको फाइनल खेलमा वडा नम्बर १ माथि ६ विकेटको जीत निकाल्दै वडा नम्बर ३ ले प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो । आइतबार नै भएको सेमीफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ लाई ७ विकेटले पराजित गर्दै र वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेका थिए । गत वर्ष मेयर कपको उपाधि जितेको वडा नम्बर ६ यस वर्ष भने सेमीफाइनलमै पराजित भएको छ ।

    फाइनल खेलमा पुगेर जीत हात पारेको वडा नम्बर ३ ले ५१ हजार रुपैयाँ नगदसहित मेयर कप, मेडल र प्रमाणपत्र र उपविजेता बनेको वडा नम्बर १ ले २५ हजार ५ सय रुपैयाँ नगदसहित, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा वैशाख १३ गतेदेखि प्रतियोगिता सुरु भएको थियो ।

    finale cup (1).jpeg

    आइतबार (आज) भएको फाइनल खेलमा वडा नम्बर ३ ले टस जितेर ब्याटिङको निम्तो दिएर वडा नम्बर १ लाई ११.२ ओभरमा अल आउट गर्दै ११२ रनमा समेट्न सफल भयो । वडा नम्बर १ का लागि २१ बलमा ४ छक्का र २ चौकाको मद्दतले ४२ रन, मनिष थापाले २२ रन, कन्हैया यादवले नट आउट १७ रन, मोहम्मद नसिम खानले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् ।

    बलिङमा वडा नम्बर ३ का समिर मुसलमानले ३, अर्जुज चौहान र अरमान मुसलमानले समान २–२, रमेश कुर्मी र मैनिउद्दिन शेषले समान १–१ विकेट लिए ।

    लक्ष्यलाई पछ्याउँदै वडा नम्बर ३ ले निर्धारित १२ ओभरअघि नै ४ विकेटको क्षतिमा ११३ रन बनाउँदै लक्ष्य पूरा गर्दै मेयरको कपको उपाधि जित्न सफल भयो । उसको जीतका लागि विजय सुनारले ४१, नट आउट आनन्द गौडले ३४ रन र मैनिउद्दिन शेषले १९ रनको योगदान दिए ।

    बलिङमा वडा नम्बर १ का आजाद खान, सोहेल खान, सोनु धवल र गौतम बारीले समान १–१ विकेट लिए । खेलमा वडा नम्बर ३ का समिर मुसलमान म्यान अफ द म्याच घोषित भए । उनले १ हजार रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगितामा वडा नम्बर ६ का प्रवेश आलम म्यान अफ द सिरिज भइ ५ हजारनगद सहित ट्रफी र प्रमाणपत्र पाए । वडा नम्बरका ३ का आनन्द गुरुङ उत्कृष्ट ब्याटर हुँदा वडा नम्बर ११ का जुबेर आलम उत्कृष्ट बलर बने । दुवैजनाले जनही २ हजार २ सय ५० रुपैयाँका दरले नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

    विजेता र उपविजेताका साथै अन्य खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, वडाअध्यक्षहरुले पुरस्कार प्रदान गरेका थिए ।

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खानले खेलाडीहरुमा लुकेका प्रतिभा प्रष्टफुटन गर्न र नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिता उत्तम प्लटेफर्म रहेकोले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले आगामी दिनमा खेलाडीहरुको चाहनालाई मध्यनजर गर्दै डे–नाइट क्रिकेट प्रतियोगिता आयोजनाका लागि छलफल गरिने बताए ।

    नगर उपप्रमुख उमा अधिकारीले प्रतियोगिताको माध्यमले मैदानमा आउने नयाँ खेलाडी रुपन्देही क्रिकेट संघ र नेपाल क्रिकेट संघको आँखामा पर्न सक्ने बताइन् ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यस्तै किसिमको प्रतियोगिताको माध्यमले नयाँ खेलाडी मैदान देखिने र क्रमशः उकिल्दै विश्वस्तरमा खेल्न भएकोले अगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित गर्दै लगिने बताए । प्रतियोगितामा हार जित भन्दा सबै खेलाडी बधाईको पात्र रहेको उनले बताए ।

    कार्यक्रममा प्रतियोगिताका संयोजक वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, ९ का अध्यक्ष शेषकान्त भण्डारी, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल लगायतले मन्तव्य राखेका थिए । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij