२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

तीन वर्षमा नेपालमा असाधारण प्रगति भयो : केपी ओली

शनिवार , फाल्गुण ८, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • विराटनगर, ८ फागुन । 
    प्रचण्ड र माधव नेपालले खुट्टा तानेर काम गर्नै नदिएको भन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा नेपालमा असाधारण प्रगति भएको बताएका छन् ।

    विगत लामो समयदेखि नै आफुलाई घेराबन्दी गरेर काम गर्नै दिएनन् भन्दै आएका सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रम ओलीले बिराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै शिक्षा, विकास, स्वास्थ्य लगायतका क्षेत्रमा नेपालमा असाधारण प्रगति भएको दावी गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘विकासका लागि तीन वर्ष लामो समय होइन, तर धेरै प्रगति गर्न हामी सफल भएका छौं ।’ प्रधानमन्त्री ओलीले पार्टी सिध्याउन केही नेताहरु फुटको खेतीमा लागेको उल्लेख गर्दै सिध्याउन खोज्नेहरु आफै सिद्दिने बताए ।