images
images

बुधवार, जेठ २ गते २०८१

तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने

तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने

images
images
images
सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने

    तिलोत्तमा, १७ वैशाख ।
    तिलोत्तमा व्यापार संघ र देवदह मेडिकल कलेजबिच सोमबार स्वास्थ्य उपचार सेवा छुटको सम्झौता भएको छ । संघका सदस्य तथा कर्मचारीहरुका लागि स्वास्थ्य उपचारमा छुट दिने गरी सम्झौता भएको हो । 

    images
    images
    images

    सम्झौता अनुसार देवदह मेडिकल कलेजले ओपिडी टिकटमा ५० प्रतिशत छुट दिने भएको छ । त्यस्तै साधारण बेडमा २५ प्रतिशत, आइसीयु, एनआइसीयु र पिआइसीयुमा १० प्रतिशत, सर्जिकल उपचारमा १५ प्रतिशत, प्याथोलोजी ल्याबमा १५ प्रतिशत, भिडियो एक्स–रेमा १५ प्रतिशत, होलबडी चेकअपमा २५ प्रतिशत र ड्रोसिङ लगायत अन्य सेवामा १० प्रतिशत छुट दिइनेछ ।

    सम्झौतापत्रमा तिलोत्तमा व्यापार संघको तर्फबाट अध्यक्ष नेत्रप्रसाद न्यौपाने र देवदह मेडिकल कलेजको तर्फबाट अध्यक्ष गोपाल बहादुर पोखरेलले हस्ताक्षर गरेका छन् । त्यस अवसरमा तिलोत्तमा व्यापार संघका सचिव कृष्णप्रसाद भट्टराई, सह–कोषाध्यक्ष रामु भण्डारी, कार्यालय प्रमुख रामप्रसाद सापकोटा (रामु) र देवदह मेडिकल कलेजका लेखा अधिकृत कृष्णचन्द्र पौडेल सहभागी थिए । तिलोत्तमा व्यापार संघले यसअघि क्रिमशन अस्पताल मणिग्राम र मेडिटेक हस्पिटल बुटवलसँग स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता गरिसकेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij