२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

श्री महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरु सम्मानित

सोमवार , बैशाख १७, २०८१

भैरहवा, १७ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियास्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान गरिएको छ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको विद्यालयका शिक्षक रोहित गुप्ताले बताए ।

सम्मानित हुने सल्लाहकारमा शार्दल मयूर कसौधन, मुस्ताक अहमद भाट, राम दयाल गुप्ता, सुनिल कुमार त्रिपाठी, शेर अली धुनिया, मोहम्मद अफजल मन्सुरी, विष्णु पन्थी, सदरे आलम दर्जी, राजेश चौधरी, नसिबदार मुसलमान, नारायण प्रसाद भण्डारी, महेन्द्र प्रसाद यादव, नारायण चौधरी, दिलिप मल्लिक र ईस्लाम अली रहेका छन् ।

WhatsApp Image 2024-04-29 at 3.25.26 PM.jpeg

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृजेश यादवको अध्यक्षता तथा शिक्षक रोहित गुप्ताको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका नवनियुक्त प्रधानाध्यापक ओमप्रकाश त्रिपाठीलाई स्वागत गरिएको थियो ।

WhatsApp Image 2024-04-29 at 3.26.18 PM.jpeg