२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

करणी आरोपमा एक युवक पक्राउ

सोमवार , बैशाख १७, २०८१

  • 844
    Shares
  • 844
    Shares
  • बुटवल । रुपन्देहीका एक युवक करणी आरोपमा पक्राउ परेका छन् । रुपन्देहीकी एकजना एकल महिलालाई करणी गरेको आरोपमा ३६ बर्षिय सिद्धार्थ गुरुङ पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ । 

    बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा बस्ने गुरुङले २०७८ सालदेखि धाक धम्की दिएर पटक पटक करणी गरेको आरोप लागेको छ ।

    रुपन्देही प्रहरी प्रमुख रन्जीत सिंह राठौरले जबरजस्ती करणी आरोपमा सिद्धार्थ गुरुङलाई पक्राउ गरि अनुसन्धान थालिएको बताए । एसपी राठौरले भने, ‘एकजना महिलाले जबरजस्ती करणी गरेको आरोपसहित उजुरी दिएकोले पक्राउ गरि अनुसन्धान गरिरहेका छौं ।’

    गुरुङले शुरु शुरुमा ति महिलालाई दिदी भनेर नाता लगाएको र पछि विश्वासमा पारि पटक–पटक बलात्कार गरेको पीडित महिलाले बताईन् । पीडित महिलाले भनिन, ‘उसले मलाई धाक धम्की दिने, मेरो निजी तस्वीरहरु, भिडीयोहरु सामाजिक सन्जालमा राखेर दुस्प्रचार गर्ने गरेर इमोश्नल व्यालेकमेल गरेर मलाई पटक–पटक जबरजस्ती करणी गरेका हुन् ।’

    गुरुङले ती महिलासँग पटक–पटक गरेर ५ करोड भन्दा बढी रकम पनि लगेको बताएकी छन् । उक्त रकम बापत दिएको चेक समेत बाउन्स भएको प्रमाण ती महिलासँग सुरक्षीत छ ।

    गुरुङले प्रहरीलाई दबाब र प्रभावमा पारेर पक्राउ परेकै दिन विरामीको कागजात पेश गरी भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालको डिलक्स रुममा बसेकाे ती महिलाकाे आराेप छ। 

    रुपन्देही प्रहरीकोे हिरासतमा जबरजस्ती करणीका २ वटा मुद्धा दायर भएका छन् ।  जसमध्ये सिटि हस्पीटलको ५ नम्बर क्याबिनमा बसेका छन् । तर, सोहि प्रकृतिको अर्को मुद्धाको अभियुक्त प्रहरीको हिरासत कक्षमा बसेका छन्। 

    पिडित महिलाले प्रहरीले समेत उस्तै प्रकृतिको मुद्धाको आरोपिहरुलाई  पहुँचको आधारमा फरक फरक व्यवहार गर्ने गरेको उल्लेख गरिन ।