२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अनेरास्ववियु सिद्धार्थनगरले भन्यो : विद्यालयमा मदिरासहित भोजभतेर गर्नु असान्दर्भिक

मंगलवार , बैशाख १८, २०८१

भैरहवा, १८ वैशाख ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले विद्यालय जस्तो पवित्र मन्दिरमा शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिका जिम्मेवार व्यक्तिहरु नै मदिरासहित भोजभतेर गर्नु असान्दर्भिक तथा विद्यालय आचारसंहिता भन्दा बाहिर भएको भन्दै आपत्ति जनाएको छ ।

अनेरास्ववियुले उक्त घटनामा संलग्न व्यक्तिहरुलाई सम्बन्धित निकायबाट सत्य तथ्य छानबीन गरी दोषीलाई कारवाहीको माग गरेको छ ।

मंगलबार सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्साललाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले यस्तो माग गरेको हो । 

‘सिद्धार्थनगर नगरपालिका वडा नं. १३ मा रहेको सुसंस्कृत माविमा केही शिक्षक पदाधिकारी तथा विद्यालय व्यवस्थापन समितिका जिम्मेवार व्यक्तिहरुसहित विद्यालय जस्तो पवित्र ठाउँभित्रै मदिरासहितको भोज गरेको भन्ने भिडियो अहिले सामाजिक संजाल तथा विभिन संचार माध्यमहरुमा प्रसारण भइरहेको छ, ’अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष के.यल.पाण्डेले भने । उक्त लापरवाहीको घटनाप्रति अनेरास्ववियु सिद्धार्थनगरको गम्भिर ध्यानाकर्षण भएको पाण्डेले बताए ।