images
images

मंगलवार, जेठ ८ गते २०८१

नेपालगंज मेडिकल कलेजमा अर्याल

नेपालगंज मेडिकल कलेजमा अर्याल

images
images
images
बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • नेपालगंज मेडिकल कलेजमा अर्याल

    भैरहवा, १९ वैशाख ।
    लर्डबुद्ध एजुकेशनल एकेडमी लिमिटेड अन्तर्गत नेपालगंज मेडिकल कलेजको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्याल चयन भएका छन् । सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा अर्यालको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । लामो समयदेखि मेडिकल शिक्षामा अर्याल समर्पित छन् ।

    images
    images
    images

    अध्यक्ष अर्यालले नेपालगंज मेडिकल कलेजलाई समयानुकुल भोलिका दिनमा स्वास्थ्य सेवामा अत्याधुनिक प्रविधिका साथ सर्वसुलभ तथा गुणस्तरीय सेवा र अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा कलेज प्रतिवद्ध रहने बताए ।

    नयाँ सञ्चालक समितिमा लोकहर्ष शाक्य, अजय गुप्ता, सन्दिप अग्रवाल, सन्तोष कुमार खनाल, डा.सुरेश कुमार कनोडिया, सन्तोष कनोडिया, दिनेश श्रेष्ठ र अनिज श्रेष्ठ रहेका छन् ।

    कलेजको प्रमुख कार्यकारी अधिकृतको रुपमा सन्तोष कुमार वि.एनलाई अनुमोदन गरेको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वास्थ्य सेवामा निजी क्षेत्रबाट सञ्चालित यो कलेज वि.सं. २०५३ सालमा स्थापना भएको हो । यस कलेज अन्तर्गत बाँकेको नेपालगंजमा ७५० शैयाको अस्पताल र कोहलपुरमा २५० शैयाको अस्पताल रहेको छ भने शैक्षिक कार्यक्रम चिसापानीमा सञ्चालनमा रहेको छ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij