२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स क्रियटिभद्वारा आँखा शिविर सञ्चालन

बुधवार , बैशाख १९, २०८१

भैरहवा, १९ वैशाख । लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीले आँखा शिविर सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आयोजना गरिएको स्वास्थ्य शिविरमा १ सय ३० जनाले आँखाको परीक्षण गरेको कार्यक्रम संयोजक पुष्पा रायमाझीले जानकारी दिइन् । 

लायन्स क्रियटिभ लेडीले रुपन्देहीके ओमसतिया गाउँपालिका–२ स्थित एसआर फूड्सको प्रांगणमा शिविर सञ्चालन गरेको थियो ।

उद्योगमा कार्यरत कर्मचारी तथा मजदूरको स्वास्थ्यलाई ध्यानमा राखेर आँखा परीक्षण शिविर आयोजना गरिएको क्लबकी अध्यक्ष प्रतिमा तिमिल्सिनाले जानकारी दिइन् । 
कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ३२५ पी का गभर्नर अजुर्नमान सैंजुले लायन्स क्लबले सामाजिक कार्यक्रम गर्दै आएको बताउँदै यस्ता खालका कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाउन आग्रह गरे ।