images
images

शुक्रवार, जेठ ४ गते २०८१

बुटवल–१५ मा निःशुल्क स्वास्थ्य शिविर, ४ सयले लिए सेवा

बुटवल–१५ मा निःशुल्क स्वास्थ्य शिविर, ४ सयले लिए सेवा

images
images
images
बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • बुटवल–१५ मा निःशुल्क स्वास्थ्य शिविर, ४ सयले लिए सेवा

    रुपन्देही, २० वैशाख । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार भएको शिविरमा ४ सय ५ जनाको स्वास्थ्य परीक्षण गरिएको मुक्तिनाथ धाम टोल विकास समितिका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए ।

    images
    images
    images

    मुक्तिनाथ धाम टोल विकास समिति र मुक्तिनाथ आमा समूहको आयोजना तथा नेपाल औषधी तथा विक्री प्रतिनिधि संघ, बुटवल इकाई, रोटरी ई क्लब अफ हाईव्रेड नेपाल, क्रिमसन अस्पताल, हेल्थ नेपालको सह–आयोजनामा भएको कार्यक्रममा निःशुल्क सुगर, फिजिसियन, हाडर्जोनी, नाँक, कान, घाँटी सम्बन्धी स्वास्थ्य शिविर गरिएको हो ।
    सो कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का वडाअध्यक्ष शिव रानाले स्वास्थ्य नै धन  भएकाले वडाभित्र रहेका वडाबासीहरुका लागि शिविर आयोजना गरिएको बताए । उनले नगरको विकासका लागि विभिन्न संघ–संस्थाको हातेमालो आवश्यक रहेको औल्याए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ की वडा सदस्य रमा पौडेल पराजुलीले स्वास्थ्य क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताएका छन् । त्यस्तै मुक्तिनाथ धाम टोल विकास समितिका अध्यक्ष प्रेम पौडेलले शिविरबाट धेरै वडाबासीहरु लाभान्वित भएको बताए ।

    शिविरबाट उपचारमा रहेका बिरामीहरुलाई निःशुल्क औषधी समेत प्रदान गरिएको थियो । डाक्टरको विशेष उपस्थितिमा स्वास्थ्य क्षेत्रका अस्पताल तथा क्लिनिकहरुको प्राविधिक सहयोग रहेको उनले बताए ।

    कार्यक्रममा सम्पन्न गर्नका लागि सहयोग गर्ने ४५ जना संघ–संस्थाका उपसमिति संयोजक, चिकित्सकहरुको टीमलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । 

    गणेश मन्दिरको परिसरमा भएको कार्यक्रममा मुक्तिनाथ आमा समूहकी अध्यक्ष डम्बरा देवी शर्माको सञ्चालन तथा मुक्तिनाथ आमा समूह उपाध्यक्ष डिल माया पराजुलीको स्वागत मन्तव्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij