२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शुक्रबारदेखि दोस्रो सिद्धार्थनगर आमन्त्रण प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता

बिहिवार , बैशाख २०, २०८१

भैरहवा, २० वैशाख ।
रुपन्देहीको भैरहवामा शुक्रबार (भोलि) देखि दोस्रो सिद्धार्थनगर आमन्त्रण प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । भैरहवा तेक्वान्दो क्लबको आयोजना, सिद्धार्थनगर नगरपालिका रुपन्देहीको सहयोग तथा भैरहवा तेक्वान्दो डोजाङ्गको व्यवस्थापनमा वैशाख २१ र २२ गते उक्त प्रतियोगिता हुने भएको हो । 

त्यस्तै प्रथम सिद्धार्थनगर रनिङ्ग शिल्ड तेक्वान्दो प्रतियोगिता २०८१ को तयारी पूरा भएको भैरहवा तेक्वान्दो क्लबका सचिव तथा तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारीले बताए । प्रतियोगितामा पुरुषतर्फ १४ खेल बजन, महिलातर्फ १२ खेल बजन समूह गरी जम्मा २५ खेल बजन समूहमा लुम्बिनी प्रदेशभरीका २७० भन्दा बदी खेलाडीहरुले सहभागी हुने उनले बताए ।

५ स्वर्ण २५ रजत र ५० काश्य गरी १ सय वटा पदकका लागि प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक हिरालाल कोहारले बताए ।