२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि अभद्र व्यवहार, नेपालीद्वारा दुईघण्टा चक्काजाम 

शनिवार , फाल्गुण ८, २०७७

  • 8.6K
    Shares
  • 8.6K
    Shares
  • भैरहवा, ८ फागुन ।
    भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा नाका बेलहियामा नेपाली नागरिकलाई अभद्र व्यवहार गरेको छ । भारतीय सुरक्षाकर्मीले नेपालीमाथि अभद्र व्यवहार गरेपछि नेपाली पक्षले रुपन्देहीको बेलहिया नाकामा शनिबार चक्काजाम तथा नारा जुलुस गरेका छन् । 

    बजार गर्नका लागि सुनौलीतर्फ जाँदै गरेका नेपाली महिलामाथि भारतीय सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि स्थानीय बेलहियाबासीसहितका नागरिकले दिउँसो दुईघण्टा सीमा नाका बेलहियामा चक्काजाम गरेको स्थानीय उज्जवल पोखरेलले जानकारी दिए ।  अभद्र व्यवहारविरुद्ध स्थानीय तथा अन्य स्थानबाट आएका नेपालीले चक्काजाम गर्दै नारा जुलुस गरेका थिए । 
    भारतीय पक्षले नेपालीमाथि पटकपटक दुव्र्यवहार गर्ने, आफुहरुको मुड अनुसार नेपाली नागरिकलाई व्यवहार गर्ने गरेको उनले उल्लेख गरे ।

    नेपाली महिलालाई अभद्र व्यवहार गरेपछि नेपाली पक्ष त्यसको प्रतिकारमा उत्रिदा भारतीय सुरक्षाकर्मीले कुकुर लगाएर लखट्ने, अपशब्द बोल्ने, सामान खोसिदिने गरेको छ । 

    belahiya 2.jpgसीमामा झडपको अवस्था आउने वबस्था आएपछि ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
    नेपाली सुरक्षाकर्मीको तैनाथी बढेपछि भारतीय पक्षले पनि सीमामा सुरक्षा गस्ती बढाएको थियो ।

    सीमा नाका बेलहियामा नेपाली होटल तथा पर्यटन व्यवसायी, विभिन्न संघ–संस्था लगायतले विगत एक हप्तादेखि सीमा नाका पूर्ण रुपमा खोल्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज पनि बेलहियामा नाका सहज रुपमा सुचारु गर्न माग गर्दै विरोधमा उत्रिएका थिए । belahiya 1.jpg