images
images

शुक्रवार, जेठ ४ गते २०८१

मधेशी स्वास्थ्यकर्मी फोरम रुपन्देहीको अध्यक्षमा रामनेवास चौधरी

मधेशी स्वास्थ्यकर्मी फोरम रुपन्देहीको अध्यक्षमा रामनेवास चौधरी

images
images
images
बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • मधेशी स्वास्थ्यकर्मी फोरम रुपन्देहीको अध्यक्षमा रामनेवास चौधरी

    भैरहवा, २० वैशाख ।
    मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार भैरहवामा भएको अधिवेशनले रामनेवास प्रसाद चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा गुरुनन्दन पाल, किरन श्रीवास्तव, सचिवमा कृष्ण यादव, सह-सचिवमा शेषमणि यादव र कोषाध्यक्षमा अनिल बरई रहेका छन् । त्यस्तै सदस्यहरुमा पुनम धवल, सोनम चौधरी थारु र निर्मला गौड रहेका छन् । 

    images
    images
    images

    अधिवेशनमा बोल्दै प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीका अध्यक्ष सियाराम यादवले विभिन्न क्षेत्रमा आरक्षण (समावेशी) कोटा जसपाकै अगुवाइका कारण आएको दावी गरे । उनले जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा धेरै राम्रा कामहरु भएको बताए । उनले भने, ‘स्वास्थ्यकर्मीको अधिकारका लागि लड्छौं । अहिले पार्टी अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुनुहुन्छ । स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल गछौं । पार्टीलाई बलियो बनाउन भातृ संगठनलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।’

    त्यस्तै मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रीय महासचिव कृष्ण लाल यादवले जनताको सेवा गर्नु स्वास्थ्यकर्मीको दायित्व भएको बताए । उनले भने, ‘हामीले पाउनुपर्ने सेवासुविधा पाउनैपर्छ । चुप लागेर समस्या समाधान हुँदैन । स्वास्थ्यकर्मी संगठित भएर आफ्ना हकअधिकारका लागि आवाज उठाउनुपर्छ । ’महासचिव यादवले मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालले धेरै राम्रो काम गरेको दावी गरे । 

    मधेशी स्वास्थ्यकर्मी फोरम लुम्बिनी प्रदेश अध्यक्ष राम बहादुर यादवले स्वास्थ्यकर्मीको पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताए ।

    कार्यक्रममा जसपा लुम्बिनी प्रदेश सदस्य गोविन्द यादव, गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवट, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल केन्द्रीय सदस्य राजेश कुमार यादवको विशिष्ट आतिथ्यता, समाजवादी विद्यार्थी युनियन केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादव, जसपा सिद्धार्थनगर उपाध्यक्ष मनोज प्रजापति, समाजवादी विद्यार्थी युनियन रुपन्देही जिल्ला अध्यक्ष राजु गौतमलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij