images
images

शुक्रवार, जेठ ४ गते २०८१

बेलबास–बेथरी सडक निर्माण अलपत्र परेको भन्दै स्थानीयले बनाए संघर्ष समिति

बेलबास–बेथरी सडक निर्माण अलपत्र परेको भन्दै स्थानीयले बनाए संघर्ष समिति

images
images
images
बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • बेलबास–बेथरी सडक निर्माण अलपत्र परेको भन्दै स्थानीयले बनाए संघर्ष समिति
    तस्वीर : विजय यादव

    रुपन्देही, २० वैशाख । 
    रुपन्देहीमा उत्तर–दक्षिण जोड्ने मुख्य मार्गको रुपमा रहेको बेलबास–बेथरी सडक निर्माण अलपत्र परेपछि दबाब दिन स्थानीयले संघर्ष समिति गठन गरेका छन् ।
    स्थानीय राजनीतिक दल, संघ–संस्थाका प्रतिनिधिहरुको भेलाले विजय ढकालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिमा श्याम विक, लेखनाथ गैरे, मनक श्रेष्ठ, गोपाल गुरुङ, रुजेन्द्र गुरुङलगायत रहेका छन् ।

    images
    images
    images

    स्थानीयले सडक निर्माण पूरा नगरेसम्म नहरपुर–बेताहानी खण्डमा टिप्पर चल्न नदिने निर्णय गरेका छन् । संघर्ष समितिले सडक किनारका नाली र कुलाको काम पूरा गर्न, सडक बीचमा रहेका बिजुलीका पोल तत्काल हटाउन माग गरेको छ ।

    बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालमा ठेक्का सम्झौता भइ काम भए पनि अझै सम्पन्न हुन सकेको छैन । चारलेन सडक निर्माण गर्न ३ प्याकेजमा १ अर्ब ६७ करोडमा ठेक्का सम्झौता भएको थियो । दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । तर, उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन ।

    २०७६ असार मसान्तसम्म सम्पन्न गर्ने गरी बुटवल–बेतानी साढे ८ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । तर, उसले अझैसम्म काम सम्पन्न गरेको छैन । यो सडकखण्डमा साढे ८ किलोमिटरमध्ये ३ किलोमिटर लामो समयदेखि कालोपत्रे हुन सकेको छैन ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij