२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लेखक जेबी दर्लामीको ‘मारीखोलाको ढुङ्गो’ कृति–विमर्श

शुक्रवार , बैशाख २१, २०८१

भैरहवा, २१ वैशाख । 
भैरहवामा उपन्यासकार जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ परिचर्चा (कृति–विमर्श) भएको छ । उपन्यासको समीक्षा गर्दै साहित्यकार रुद्र ज्ञवालीले किताबको चर्चा गर्दै माओवादीको युद्धको कथा रहेको तर उपन्यासमा तटस्थ शैलीमा लेखिएको बताए । कथामा विषयवस्तु सरल ढंगबाट लेखिएको बताउँदै उपन्यासमा शब्दको आडम्बर नभइ सरल र सभ्य शैलीमा कथामा पात्रहरुको चित्रण रहेको बताए । 

नागरिक चौतारीले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरु प्राज्ञ बूंद राना, वनमाली निराकार, विजय सागर, पब्लिकेशन नेपालयका सम्पादक विमल आचार्य लगायतले उपन्यासको परिचर्चा गरेका थिए । उपन्यास चैत २४ काठमाडौंमा विमोचन भएको थियो । १ सय ३४ पृष्ठ रहेको उपन्यास नेपालयले प्रकाशन गरेको हो ।

पहिलो कृति यात्री उपन्यास २०७४, नुरी उपन्यास २०७५, नेपालको राजनीतिमा अर्घाखाँची २०७७ र चौथो कृतिका रुपमा ‘मारीखोलाको ढुङ्गो’ रहेको छ ।