२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

एकदिने आधारभूत जीवन रक्षा तालिम

शुक्रवार , बैशाख २१, २०८१

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, २१ वैशाख ।
    नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालमा एकदिने आधारभूत जीवन रक्षा तालिम सञ्चालन भएको छ ।

    लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र यस अन्र्तगतका सञ्चालित आँखा अस्पतालहरु बुटवल लायन्स आँखा अस्पताल, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, कृष्णनगर आँखा अस्पताल, तौलिहवा आँखा अस्पताल, जिल्ला आँखा उपचार केन्द्र प्युठान गरी जम्मा २६ जना सहभागीलाई तालिम दिइएको थियो ।

    उक्त तालिममा सेवा फाउण्डेशनको सहयोगमा एनेस्थेलोजिष्ट डा.उमंग शर्मा र डा.रमेश भट्टराईले प्रशिक्षण दिएका थिए ।

    कुनै पनि व्यक्ति अचेत अवस्थामा देखिएमा तुरुन्त गर्नुपर्ने ज्यान बचाउन गर्नुपर्ने आधारभूत शिक्षाको तालिम दिइएको थियो । कसैको घाटीमा खाना अड्कीएमा तुरुन्त गनूुपर्ने उपायहरु सिकाइएको थियो ।

    WhatsApp Image 2024-05-03 at 5.15.42 PM.jpeg

    कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणा, चिफ मेडिकल डाईरेक्टर प्रा.डा. ज्ञानेन्द्र लामिछाने, कार्यक्रम संयोजक सह.प्रा.डा.कबिन्द्र बज्राचार्य, प्रशिक्षक डा.उमंग शर्मा, डा. रमेश भट्टराई, प्रकाश रायमाझीले बोलेका थिए । कार्यक्रमको सञ्चालन धर्मु गिरीले गर्नुभएको अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेयले जानकारी दिए ।

    WhatsApp Image 2024-05-03 at 5.15.01 PM.jpeg