images
images

आइतवार, जेठ ६ गते २०८१

चितवनमा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपालको सेमिनार

चितवनमा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपालको सेमिनार

images
images
images
आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • चितवनमा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपालको सेमिनार

    रुपन्देही, २३ वैशाख ।
    रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपालले चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोटयाक्ट डिष्ट्रिकका डिआरआर रोशन कार्कीको अध्यक्षयता तथा रोटरी डिष्ट्रिक २०२४/०२५ का डिजी राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यितामा सम्पन्न भएको थियो । 

    images
    images
    images

    सेमिनारले रोट्रयाक्ट डिष्ट्रिकले आगामी वर्ष गर्ने कामको बारेमा समीक्षा गर्दै वार्षिक कार्ययोजना निर्माण गर्दै सम्पन्न भएकोे रोटयाक्ट डिष्ट्रिकका डिआरआर इलेक्ट विक्रम क्षेत्रीले बताए । उनले दुई÷दिनसम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रिक मेम्बहरुको सहभागीतामा सम्पन्न भएको बताए । सेमिनारले विगत वर्षमा भन्दा अब आउने वर्षमा युवामैत्री कार्यक्रमहरु सञ्चालन गर्ने गरी कार्ययोजना निर्माण गरेको बताए । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक २०२४/०२५ का डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनले रोट्रयाक्ट डिष्ट्रिकले विगतदेखि गरेका कामहरुको प्रशंसा गरे । डिष्ट्रिकले अब नयाँ कार्ययोजना बनाउँदा विगतका वर्षभन्दा फरक र पृथक खालका खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनले बताए । धेरैजसो युवाहरु रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता आएको हँुदा स्वदेशमै रोजगारीको सिर्जना गर्ने खालका विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्ने उनले बताए । यसको लागि रोटरी डिष्ट्रिकले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै रोटरियन राजन पियाले रोट्रयाक्ट डिष्ट्रिकले विगतदेखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गदै आएकोमा धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा रोट्रयाक्ट अभियानमा रोटरीको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

    सेमिनारमा सौगात गौतम, सुरज पौडेल, नानीकाजि खड्का, विक्रम क्षेत्री, दिनेश गैरे, माधव पराजुली, अनुप पाण्डे, सुविन खडका लगायतले सहजीकरण गरेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij