images
images

आइतवार, जेठ ६ गते २०८१

शिक्षा र स्वास्थ्यको विकास जनताको चाहना : पूर्वमन्त्री पाण्डेय

शिक्षा र स्वास्थ्यको विकास जनताको चाहना : पूर्वमन्त्री पाण्डेय

images
images
images
सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • शिक्षा र स्वास्थ्यको विकास जनताको चाहना  : पूर्वमन्त्री पाण्डेय

    भैरहवा, २४ वैशाख ।
    लुम्बिनी प्रदेशका पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले शिक्षाको माध्यमबाट जीवन उज्यालो बनाउन सकिने बताएका छन् । उनले शिक्षाकै माध्यमबाट बालबालिका अगाडि बढ्ने बताए । 

    images
    images
    images

    रुपन्देहीको मायादेवी गाउँपालिका–७ हाटीबनगाईस्थित श्री सिद्धार्थ बाल निकेतन केदार पाण्डेय माध्यमिक विद्यालयमा निर्माण हुने कक्षाकोठाको सोमबार शिलायान्स गर्दै पूर्वमन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘मेरो आफ्नै बालबच्चा छैनन्, मैले घर र गाडी किन्नुपर्ने छैन । त्यसैले तपाईहरुको लागि काम गर्न मलाई अझ सहज छ । म मन्त्री रहुँ वा नरहुँ, जनताकै लागि राम्रो काम गर्ने मेरो प्रयास छ ।’

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेशका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका पाण्डेयले आम जनताले शिक्षा र स्वास्थ्यको विकास चाहेको बताए । उनले नेतृत्व गर्ने व्यक्तित्वहरुले शिक्षा र स्वास्थ्य आम जनतासँग पुर्याए बाँकी कुरा जनताले आफै गर्ने बताए । उनले भने, ‘जनताले मेरो घर बनाइदेउ, मेरो लागि गाडी किनिदेउ भन्दैन ।’

    शिक्षा, स्वास्थ्यमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । अर्को हप्ता हाटीबनगाईमा हाईमास्ट लाईट जडान गरिने पूर्वमन्त्री पाण्डेयले जानकारी दिए । बनगाईदेखि मौहुवारी र बनगाईदेखि मकरीसम्मको सडक निर्माणका लागि पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

    त्यस्तै मायादेवी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तेजनारायण पालले विद्यालयमा कक्षाकोठा निर्माण राम्रो काम भएको बताए । उनले शैक्षिक गुणस्तर सुधारका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

    मायादेवी–७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले कक्षाकोठाका लागि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयको पहलमा २० लाख बजेट बिनियोजन भइ दुईवटा कक्षाकोठा निर्माण हुन लागेको बताए । उनले शिक्षा ठूलो सम्पत्ति भएकाले शिक्षामा जोड दिन र बालबालिकालाई अभिभावकले विशेष ध्यान दिन आग्रह गरे । उनले सामूदायिक विद्यालयलाई अझ सबल बनाउनुपर्नेमा जोड दिए ।

    श्री सिद्धार्थ बाल निकेतन केदार पाण्डेय माध्यमिक विद्यालयका प्रधानाध्यापक रविकान्त उपाध्यायले शिक्षाको महत्व बुझेर सहयोग गर्नुभएको भन्दै पूर्वमन्त्री पाण्डेयप्रति आभार प्रकट गरे । उनले कक्षाकोठा निर्माणले विद्यालयको प्रगतिमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

    IMG_7809.JPG

    श्री सिद्धार्थ बाल निकेतन केदार पाण्डेय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शेषलाल भरको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक रविकान्त उपाध्यायको स्वागत तथा विद्यालयका कार्यालय सहायक विनय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वि.सं. २०४० सालमा स्थापना भएको श्री सिद्धार्थ बाल निकेतन केदार पाण्डेय माविमा हाल ३६५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij