२०८३, आषाढ १४ गते

Jun 28 2026 | २०८३, आषाढ १४ गते

मारवाडी क्रिकेट लिग : भैरहवामा समूह ‘बी’ का खेलहरु सुरु

बुधवार , बैशाख २६, २०८१

  • 964
    Shares
  • 964
    Shares
  • भैरहवा, २६ वैशाख ।
    चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग अन्तर्गत रुपन्देहीके भैरहवामा समूह ‘बी’ का खेलहरु सुरु भएका छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा मंगलबारदेखि सिद्धार्थ क्रिकेट रंगशालामा समूह ‘बी’ का खेलहरु सुरु भएका हुन् । उक्त समूह अन्तर्गत बीरगंज ब्लास्टर र शिवम् वारियर्स हेटौंडाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । वर्षा रोकिएपछि दोस्रो खेल भने पुरै ओभर खेलाइएको थियो ।
     
    दोस्रो खेलमा जनकपुर रोयलले नेपालगंज वारियर्सलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जीतका लागि पाएको १ सय ४३ रनको लक्ष्य जनकपुरले निर्धारित २० ओभरको खेलमा १० ओभर २ बल खेल्दै २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै पूरा गर्यो र सहज जीत निकाल्यो ।
     
    उसका लागि राहुल नहरले ८६ रनको उत्कृष्ट इनिङ खेले । यस्तै, राहुल बर्माले ३५ रनको योगदान गरे । बलिङमा नेपालगंजका अभी अग्रवाल र प्रभात अग्रवालले समान १–१ विकेट लिए ।
     
    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालगंजले निर्धारित खेलमा ८ विकेटको नोक्सानीमा १ सय ४२ रनको योगफल बनाएको थियो । उसका लागि कृष्ण लखोटियाले ५४, निखिल अग्रवालले ३१, गौरव डागाले १५ र सिनु गोयलले ११ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । बलिङमा जनकपुरका आकाश मोहन्काले २ तथा अनमोल चौधरी, राहुल अग्रवाल, आशिष सराफ र सुमित वर्माले समान १–१ विकेट लिए । खेलमा राहुल नहर प्लेयर अफ द म्याच भए ।
     
    यसअघि भैरहवामा सुरु समूह ‘बी’ को खेल उद्घाटनका अवसरमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, संगठनका केन्द्रीय अध्यक्ष मनोज कुमार अग्रवाल, नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, मारवाडी सेवा समितिका अगुवा, उद्योगी–व्यवसायी लगायतले बोल्दै यस्ता खेलकुदले खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए । उनीरुले उद्योग व्यवसायमा तल्लीन मारवाडी समुदाय र युवाहरुले पछिल्लो समय खेलकुदको विकासका लागि खेलमार्फत् पनि टेवा पुर्याउँदै आएको भन्दै प्रशंसा गरे । प्रतियोगितामा १४ वटा टीम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेलहरु विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने कीर्तिपुर क्रिकेट मैदान काठमाडौंमा हुनेछन् ।

    441050228_10220043350472358_8329353835893967800_n.jpg