images
images

सोमवार, जेठ ७ गते २०८१

मारवाडी क्रिकेट लिग : लुम्बिनी लायन्स ६ विकेटले विजयी

मारवाडी क्रिकेट लिग : लुम्बिनी लायन्स ६ विकेटले विजयी

images
images
images
बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • मारवाडी क्रिकेट लिग : लुम्बिनी लायन्स ६ विकेटले विजयी

    भैरहवा, २७ वैशाख ।
    नेपाल राष्ट्रिय मारवाडी युवा संगठन केन्द्रीय समितिको आयोजनामा रुपन्देहीको भैरहवामा जारी चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ को बुधबारको पहिलो खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । लुम्बिनीले जनकपुर रोयल्सलाई ६ विकेटले पराजित गर्दै जीत निकालेको हो ।

    images
    images
    images

    जीतका लागि पाएको १ सय ६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेटको नोक्सानीमा पूरा गर्दै जीत निकाल्यो । उसको जीतमा आदर्श कागिजवालले ४५, दिनेश अग्रवालले अविजित २५ र मनिष गर्गले नटआउट १० रनको योगदान दिए । बलिङमा जनकपुरका अनमोल चौधरीले २ तथा आषिश सराफले १ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ५ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि हर्ष शर्माले ३३, कुनाल गोयन्का र आशिष सराफले १५–१५ तथा आकाश मोहन्काले १० रन बनाए पनि जीतका लागि पर्याप्त भएन । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनीका शुभम अग्रवाल, राहुल अग्रवाल, सोमेश अग्रवालले समान २–२ तथा किशन शर्मा र अशोक डागाले १–१ विकेट लिए । खेलमा शुभम अग्रवालले म्यान अफ द म्याच भए ।

    दोस्रो खेल शिवम् वारियर्स हेटौँडा र नेपालगंज वारिसर्यबीच जारी भइरहँदा पानी परेपछि रद्द भएको छ । प्रतियोगितामा १४ टीम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेलहरु विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौंमा हुनेछन् ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij