२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बिहिवार , बैशाख २७, २०८१

बुटवल, २७ वैशाख ।
बुटवलमा बुधबार (आज) देखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरेकी हुन् ।

सो अवसरमा नगर उपप्रमुख अर्यालले खेलकुदको क्षेत्रबाट पनि बुटवललाई चिनाउन उपमहानगरपालिकाले विभिन्न खाले प्रतियोगितामा सञ्चालन गर्दै आएको भन्दै महिला भलिवल  प्रतियोगिताले बुटवलसहित रूपन्देही जिल्लामा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

WhatsApp Image 2024-05-09 at 6.48.23 PM.jpeg

बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित  प्रतियोगितामा बुटवलसहित रूपन्देहीका ६ पालिकाको सहभागीता रहेको छ । 

नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको सभापतित्व तथा नगर उपप्रमख अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानालगायतले प्रतियोगिताको महत्व र उद्देश्यमाथि प्रकाश पारेका थिए ।

यसैबीच आज भएको बुटवल उपमहानगरपालिका र गैडहवा गाउँपालिकाबिचको प्रतियोगितामा बुटवल विजयी भएको छ भने तिलोत्तमा नगरपालिका र शुद्वोधन गाउँपालिकाबीचको प्रतियोगितामा तिलोत्तमा नगरपालिका विजयी भएको छ ।

त्यस्तै आजै भएको सिद्वार्थनगर नगरपालिका र शुद्वोधन गाउँपालिकाबीचको अर्को खेलमा शुद्वोधन विजयी भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।