२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि बुटवललाई

शनिवार , बैशाख २९, २०८१

बुटवल, २९ वैशाख ।
रुपन्देहीको बुटवलमा भएको  अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ । शनिबार (आज) भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलोत्तमा नगरपालिकालाई २५–९,२५–८ र २५–१४ को सोझो सेटमा हराउदै उपाधि हात पारेको हो ।

प्रतियोगितामा तिलोत्तमा नगरपालिका उपविजेता बनेको छ भने गैडहवा गाउपालिका तेस्रो र शुद्वोधन गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ । उपाधिसँगै बुटवलले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता तिलोत्तमाले नगद ३० हजार, तृतीय हुने गैडहवाले नगद २० हजार र सान्त्वना स्थान प्राप्त गरेको शुद्वोधनले नगद १० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता उपविजेता, तृतीय, सान्त्वना स्थान प्राप्त गर्ने पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल, नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पिया लगायतले पुरस्कार तथा सहभागीताको प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा बुटवलसहित रूपन्देहीका ६ पालिकाको सहभागीता रहेको कार्यक्रम संयोजक सेरजंग गुरूङले जानकारी दिए ।