२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी

आइतवार , बैशाख ३०, २०८१

बुटवल, ३० बैशाख । 
शनिबार रुपन्देही बुटवलमा मदन भण्डारी स्पोर्टस एकेडेमी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । देवीनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा भएको भएको प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमी ४—३ गोलले विजयी भएको छ । खेलको पहिलो मिनेटमा सञ्चारकर्मीका तर्फबाट विष्णु घिमिरेले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए तर यो धेरै बेर टिक्न सकेन । एकेडेमीका डा. सुशील खनालले पेलाल्टी शुटमार्फत गोल फर्काए ।

सञ्चारकर्मीको तर्फबाट दिनेश श्रेष्ठले अर्को गोल गर्दै फेरि अग्रता दिलाए पनि फेरी एकेडेमीका डा. सुशील खनाल व्यक्तिगत दोस्रो बराबरी गोल गरे । खेलको दोस्रो हाफमा सञ्चारकर्मीबाट स्वस्तिक श्रेष्ठले गोल गर्दै खेलमा पुन अग्रता दिलाए भने एकेडेमीका संग्राम मल्लले फेरि बराबरी गोल गरे । खेलको अन्तिम समयमा डा. शक्ति बस्नेत एकेडेमीका लागि निर्णायक गोल गरे । एकेडेमीका क्याप्टन ध्रुव आचार्यले पेनाल्टी मिस गरे भने धेरै अवसरलाई गोल गर्नबाट चुके ।

प्रतियोगिताको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले स्वास्थ्यका लागि खेलको महत्व प्रकाश पार्दै बुटवलमा खेल गतिविधिसँगै खेल हबका रुपमा पहिचान बनाउन सफल भएको बताए ।