२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

देउराली सहकारीको योग शिविर सम्पन्न

आइतवार , बैशाख ३०, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, ३० वैशाख । 
    ‘प्राकृतिक चिकित्सा पद्दति अपनाऔं निरोगी र दीर्घजीवी बनौं’ भन्ने मूल नाराका साथ रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगर शिवालय मन्दिरमा आयोजित सप्ताहव्यापी योग शिविर सम्पन्न भएको छ । हाम्रो देउराली कृषि सहकारी सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि सो योग शिविर सञ्चालन गरेको हो । 

    शिवपुरी पित्रृ स्मृति धामको प्रांगणमा सञ्चालित योगमा प्राकृतिक चिकित्सा पद्दति अपनाई आफ्ना शेयर सदस्यहरुलाई निरोगी र दीर्घजीवी बनाउन प्रेरणा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हाम्रो देउराली कृषि सहकारी संस्था लिमिटेड बुटवल–१२ राजपुरका अध्यक्ष हरिहर उपाध्यायले बताए ।

    गत वैशाख २३ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको उक्त योग सप्ताहको समापनका अवसरमा बोल्ने वक्ताहरुले पूर्वीय सभ्यता र संस्कृति अनुरुपको प्राकृतिक उपचार पद्दतिलाई जीवनशैली बनाउन आग्रह गरेका छन् । उनीहरुले मानव जीवनका लागि भौतिक विकासका साथै आध्यात्मिक विकासको आवश्यकता रहेको चर्चा गर्दै यी दुवैको समिश्रणबाट नै मानव जीवन समृद्ध बन्ने धारणा व्यक्त गरेका थिए । 

    रोगीलाई निरोगी बनाउने र निरोगीलाई दीर्घजीवी बनाउने प्राकृतिक चिकित्सा पद्दति महत्व आज पनि उत्तिकै रहेको चर्चा गर्दै मानिसलाई शारीरिक र मानसिक रुपले स्वस्थ र स्वच्छ राख्न योग, ध्यान र ज्ञानका साथै प्राकृतिक जीवनशैली आवश्यक रहेको उनीहरुले बताएका छन् । 

    सहकारीले समय–समयमा आफ्ना शेयर सदस्यहरुलाई अन्तर जिल्ला भ्रमण, धार्मिक भ्रमण अन्तर्गत भारतको अयोध्या धाम तथा नन्दनी गौशालामा रहेका गाईहरुको संरक्षण लागि शेयर सदस्य तथा कर्मचारीहरुबाट सहयोगले गरेको शेयर सदस्य तथा धितो मूल्यांकन समिति संयोजक तारा मरासिनीले बताइन् ।