२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ इन्टरनेशनल कलेजले ‘एसआईसी फेस्ट–२०८१’ गदै

सोमवार , बैशाख ३१, २०८१

बुटवल, ३१ वैशाख ।
सिद्धार्थ इन्टरनेशनल कलेजले एसआईसी फेस्ट–२०८१ गर्ने भएको छ। बुटवलको कालिकानगरस्थित दियालो फूडल्यान्डमा आगामी जेठ ३ र ४ गते दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालको प्रमुख आतिथ्यता रहने कलेजले जनाएको छ ।  

कलेजका अनुसार कार्यक्रममा मुलुकको एक महत्वपूर्ण व्यापारीक केन्द्र बुटवल लगायत नेपालको अर्थतन्त्रबारे एक विशेष प्यानल डिस्कसन हुनेछ ।  प्यानल डिस्कसनमा उद्योगी, व्यवसायी, बैंकरहरु वक्ताको रुपमा रहनेछन् ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख  सुशील कुमार नेपाल र सिद्धार्थ केबलकारका निर्देशक सृष्टि गुरुङ  रहने कलेजका प्राचार्य राम प्रसाद खरेलले जानकारी दिए ।  प्यानल डिस्कसन कार्यक्रमको सञ्चालन संचारकर्मी एवं बैंकर अर्जुन ज्ञवाली गर्नेछन् । 

त्यसै गरी उत्कृष्ट उद्यमी एवं व्यवसाय सञ्चालकको सफल व्यवसायिक यात्राबारे आफ्नो अनुभव शेयरिङ्ग गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । ड्याडी किचनका सञ्चालक युवा उद्यमी कमलजंग कँुवरले आफ्नो उद्यमशीलताको यात्राबारे जानकारी दिनेछन् । 

त्यस्तै कार्यक्रममा एआइको बिजिनेसमा प्रयोगबारे नामीका आर्टिफिसेल इन्टेलिजेन्ट लेक्चर आलोक खत्रीले आफ्नो प्रस्तुति दिनेछ्न । साथै  सहभागीहरु अन्तरनीहित प्रतिभाको प्रस्फुटन गर्ने उदेश्यले सो कार्यक्रममा डान्स, ड्रामा, म्युजिक र गेमहरु सञ्चालन गरिनेछ । एसआईसी फेस्टले बुटवललाई  रि–भाव्रेटिङ्ग गर्ने विस्वास गरिएको छ ।