२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मलेसियामा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललाई स्वर्णसहित ४ पदक

सोमवार , बैशाख ३१, २०८१

भैरहवा, ३१ वैशाख ।
मलेसियामा मे १० देखि १२ तारिखसम्म सम्पन्न २० औं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरेका खेलाडीहरुले ४ वटा पदक जित्न सफल भएका छन् । 
इलेशजंग थापाले स्वर्ण, आविष्कार श्रेष्ठले स्वर्ण, सानवी राज्य लक्ष्मी चन्दले रजत र चन्द्रशेखर जैसवालले कास्य पदक जितेको कराँते प्रशिक्षक तथा नेपाल वादारियो कराते डो संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष कमरुद्दीन अलीले बताए ।

उनका अनुसार प्रतियोगितामा नेपाल, मलेसिया, इण्डोनेसिया, माल्दिभल्स, पाकिस्तान, भारत, सिंगापुर र उज्बेकिस्तानका खेलाडीहरु सहभागी भएका थिए ।
कराँते प्रशिक्षक अलीको नेतृत्वमा गत हप्ता ११ जनाको टोली (कराते खेलाडीका अभिभावकसहित) मलेसिया पुगेको थियो ।