images

आइतवार, बैशाख २३ गते २०८१

सिमानाका खोल्न माग गर्दै भारतिय व्यवसायि बेलहियामा 

सिमानाका खोल्न माग गर्दै भारतिय व्यवसायि बेलहियामा 

images
images
images
आइतवार, फाल्गुण ९ २०७७
आइतवार, फाल्गुण ९ २०७७
  • सिमानाका खोल्न माग गर्दै भारतिय व्यवसायि बेलहियामा 

    भैरहवा। नेपाल भारत सिमानाका बेलहिया नाका सुचारु गर्न माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली व्यवासयीलाई भारतिय व्यवसायिले पनि साथ दिएका छन्। 

    images
    images
    images

    गत फागुन ३ गते देखि सिमानाका बेलहियामा शान्तिपुर्ण धर्ना तथा आन्दोलनमा रहेका नेपाली व्यवसायिलाई भारतिय व्यवसायिले नेपाली भुमिबाट नाका सुचारु गर्न माग गर्दै नारावाजी गर्दै नेपाली व्यवसायिलाई साथ दिएका हुन्। 

    कोरोना संक्रमणका कारण लकडाउनसंगै बन्द भएको नेपाल भारत सिमानाका बेलहिया एक बर्ष हुनै लाग्दा सम्म सुचारु नभएपछि दुबै देशका व्यवसायि आन्दोलित छन्। 

    भारतिय व्यापारीहरु आफ्नो देशको भण्डा लिएर सिमानाका वेलहियामा सहभागि भएका थिए। उनीहरुले सिमानाका सुचारु गर्न सरकारसंग माग गरेका छन्। नाका सहज नहुदा भारतिय बजार पनि चौपट भएको उनीहरुको गुनासो छ। 

    भारतको गोरखपुर स्थित नव व्यापार मण्डल प्रदेश अध्यक्ष समसाद खान (भोला) ले पछिल्लो केही दिनदेखि पर्यटन व्यवसायी सीमा नाकामा संघर्षमा उत्रिएको बताए। उनले लकडाउनपछि पर्यटकलाई नेपाल प्रवेश गर्न नदिदा पर्यटन क्षेत्र धरासायी बन्दै गएको बताए। उनले भारतीय व्यवसायी नेपाली व्यवसायीसंग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे। नेपालको मात्र नभई भारतमा पनि यसको असर परेको उनले उल्लेख गरे ।

    सहज रुपमा नाका सुचारु हुन नसक्दा नेपाली होटल तथा पर्यटन व्यवसाय धरासायि भएको व्यवसायिको गुनासो छ। शुरुमा नेपाली पक्षले शुरु गरेको बिरोधका कार्यक्रममा पछिल्ला केहि दिन देखि भारतिय उद्योग व्यापार मण्डलका पदाधिकारी सहभागि भएर सिमानाका सुचारुको माग गरेका छन्। 

    IMG_20210221_173101.jpg

    सरकारले माघ १६ मा कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई खुला गर्ने निर्णय गरेपछि सिमा नाका सहज रुपमा खुला हुन सकेको छैन्। 

    नाका नखुलेपछि नेपाली होटल तथा पर्यटन क्षेत्र पुर्ण रुपमा प्रभावित भएको सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए। 

    अध्यक्ष श्रेष्ठले सरकारले गैर जिम्मेवार पनका कारण पर्यटन व्यवसाय पुर्णतया धरासायि हुने अबस्थामा आएको उल्लेख गर्दै आगामि ५ दिन भित्र पुर्ण रुपमा नाका सुचारु नभए लगातार सिमानाका ठप्प पार्ने चेतावनी दिए। उनले सरकारले व्यवसायिको माग सम्बोधन नगरे वेलहिया नाका हुदै नेपाल प्रबेश गर्ने मालबहाक सवारी साधनलाई रोकेर नाका ठप्प पार्ने उल्लेख गरे। 

    सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले सिमा नाका नखुलेका कारण भारत तथा तस्रो मुलुकबाट आउने पर्यटकहरु बिगत ११ महिना देखि ठप्प हुदा आफुहरुको रोजीरोटी पनि गुम्ने अबस्थामा आएको बताए। 
    नाका सुचारु भए दैनिक सयौको सङख्यामा भारतिय तथा तेस्रो मुलकका पर्यटक नेपाल आउने गर्दछन्। 

    नाका सुचारु गर्न माग गर्दै सान, सोट्टोका साथै सिद्धार्थ उद्योग बाणिज्य संघ, उद्योग व्यापार संगठन रुपन्दही, यातायात व्यवसायि लगाएतका दर्जन संघसस्थाले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। 



    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij