२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रदेशका बेकामे सांसद

भारत पुगेर भाजपाका उम्मेदवारको भोट माग्दै लुम्बिनीका पूर्वमन्त्री तथा सांसद् सिके गुप्ता (भिडिओसहित)

मंगलवार , जेठ १, २०८१

भैरहवा । लुम्बिनी प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री एवं सांसद चन्द्रकेश गुप्ताले भारतिय जनता पार्टिका उम्मेदवारको भोट मागेका छन् ।

उनले भारतको नौगढमा पुगेर भारतको डुमरियागंज बिधानसभाका उम्मेदवार जगदम्बिका पालको पक्षमा भोट मागेका छन् ।

नेपालको कानुन र आफ्नो पदको गरिमालाई भुलेर सामाजिक संजाल फेसबुकमा बिधानसभाका उम्मेदवार पालको फोटो राखेर भिडिओ सामग्रीमार्फत भोट मागेका हुन् । उनले आफ्नो नैतिक धरातल भुलेर नेपालको कानुनले परिकल्पना समेत गर्न नसक्ने बिषयमा भारतमा पुगेर हिन्दी भाषामा भोट मागेका छन् ।

उक्त भिडियो सार्वजनिक संजालमा आएपछि उनको चौतर्फी आलोचना शुरु भएको छ । कुनै पनि देशको आम निर्वाचनको बिषमा अर्को देशको सामान्य नागरिकले समेत भोट माग्न नपाउने अन्तराष्ट्रिय मान्यता भए पनि प्रदेश सांसदले भोट माग्दै हिड्नु कहाँ सम्मको बिषय हो ?

रुपन्देही क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित गुप्ताले बेलाबखत यस्तै खालका बिबादास्पद काम गर्दै आएका छन् । यस अघि उनले आफ्नै श्रीमतीलाई दाईजोको बिषयमा पटक पटक हिंसा गरेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी परेको थियो । त्यो बिषयले उनी त्यसबेला ठुलो विवादमा परेका थिए ।