२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

घरधुरीका लागि परिचालन हुने स्वयंसेवकहरुका लागि अभिमुखीकरण

बुधवार , जेठ २, २०८१

भैरहवा, २ जेठ ।
सिद्धार्थनगर नगरपालिकामा बुधबार (आज) देखि घरधुरी सर्वेक्षण सुरु भएको छ । नगरपालिकाका सबै वडाबाट १ हजार ५ सय घरधुरीमा सर्वेक्षण कार्य सुरु भएको हो । घरधुरी सर्वेक्षणका लागि परिचालन हुने स्वयंसेवकहरुका लागि मंगलबार (हिजो) अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

सिद्धार्थनगर नगरपालिकाको अगुवाई तथा अमेरिकन रेडक्रसको सहयोगमा सञ्चालित तातो हावा लु पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अनुसार अभिमुखीकरण गरिएको हो ।
घरधुरी सर्वेक्षणका लागि १७ जना स्वयंसेवकहरुलाई अभिमुखिकरण गरिएको श्रोतव्यक्ति कृष्ण मल्लले बताए ।

रेडक्रस रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नक्सा प्रा.लि.का प्रशिक्षक कुन्दनजंग थापाको मोबाइल एपबाट सर्वेक्षण सम्बन्धी सहजीकरण गरिएको मल्लले बताए ।

रेडक्रस रुपन्देही शाखाका उपसभापति रुपमा कुमारी हिराचनको स्वागत मन्तव्य तथा श्रोत व्यक्ति कृष्ण मल्लको सञ्चालनमा भएको कार्यक्रममा मन्त्री रामचन्द्र उपाध्याय, कोषाध्यक्ष सुशिल गुरुङ लगायतको उपस्थिति रहेको थियो ।