२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

महालक्ष्मी बैंकद्वारा भैरहवामा रक्तदान, ३० यूनिट रगत संकलन

आइतवार , जेठ ६, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ६ जेठ ।
    महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवामा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । आफ्नो ३० औं वार्षिक उत्सवको अवसर पारेर बैंकको भैरहवा शाखाले बैंक परिसरमा आइतबार रक्तदान कार्यक्रम गरेको हो ।

    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा एकाई सिद्धार्थनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० यूनिट रगत संकलन भएको बैंकका भैरहवा शाखा प्रबन्धक कृष्ण बहादुर गुरुङ्गले जानकारी दिए । ‘रक्तदान, जीवनदान’ मूल मन्त्रलाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा सहभागी हुने सबैलाई उनले धन्यवाद व्यक्त गरे ।

    बैंकले ३० औं वार्षिक उत्सवको अवसरमा शनिबार (हिजो) भैरहवामा प्रभातफेरी कार्यक्रम गरेको लुम्बिनी प्रदेश प्रमुख गौतम गुप्ताले बताए । बैंकले ग्राहकलाई सेवासँगै सामाजिक कार्य गर्दै आएको गुप्ताले बताए ।