२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

ओमसतिया–१ ले जित्यो उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि

आइतवार , जेठ ६, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ६ जेठ । 
    रुपन्देहीको ओमसतिया गाउँपालिकामा सम्पन्न उपाध्यक्ष कप (महिला भलिबल प्रतियोगिता) को उपाधि वडा नम्बर १ ले जितेको छ । आइतबार भएको वडा नम्बर १ र वडा नम्बर ३ बीचको खेलमा वडा नम्बर १ ले ३–१ कोे सेटले वडा नम्बर ३ लाई पराजित गरेको हो । उपाधि जितेसँगै वडा नम्बर १ ले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको वडा नम्बर ३ ले नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको अनुशासित टीम गाउँपालिकाको महिला टीमले जितेको छ । यससँगै उक्त टीमले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

    दुवै टीमलाई गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, प्रवक्ता मदन पोखरेल वडा अध्यक्षहरु बेल बहादुर बराल मगर, प्रकाश सिंह चौधरी लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेको थिए । 

    गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले विद्यालयस्तरका किशोरीहरुको सहभागीतामा प्रतियोगिता आयोजना गरिएको बताइन् । उनले प्रतियोगिताको माध्यमबाट महिलाहरु अगाडी आउन सक्ने सन्देश दिन भलिबलको आयोजना गरिएको जानकारी दिईन ।

    प्रतियोगितामा गाउँपालिका ६ वटै वडाबाट ६ टीम र गाउँपालिकाका महिला कर्मचारीहरुको एक टीम गरी ७ वटा टीमको सहभागीता रहेको थियो ।