२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

माइती नेपालद्वारा यातायातकर्मीहरुसँग अन्तरक्रिया तथा छलफल

सोमवार , जेठ ७, २०८१

भैरहवा, ७ जेठ ।
माइती नेपाल भैरहवाले यातायातकर्मीहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विषयक अन्तक्रिया कार्यक्रममा यस क्षेत्रका अटोरिक्सा तथा विभिन्न सवारीचालकहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् । उनले सवारीसाधनमा कोही शंकास्पद यात्रु भएमा प्रहरी तथा संघ–संस्थामा सम्पर्क गरी सहयोग गर्न आग्रह गरिन् । हुन सक्ने सम्भावित जोखिमलाई न्युनीकरणका लागि यातायातकर्मीको अहम भूमिका हुने भन्दै सबैमा सचेत हुन उनले आग्रह गरिन् । कार्यक्रममा २० जनाको सहभागीता रहेको थियो । ।