२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रित बिरोध प्रदर्शन गर्ने

बुधवार , जेठ ९, २०८१

काठमाडाैं, ८ जेठ ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रित बिरोध प्रदर्शन गर्ने भएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको काँग्रेस नेता नैनसिंह महरले बताए । उनले शुक्रवार काँग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने निर्णय भएको बताए ।

उनले पार्टीलाई स्थानीय स्तरसम्म लैजान विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको बताए। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि काँग्रेसको नेतृत्व गर्नेहरुबाट पार्टीलाई ठिक ठाउँमा पुर्‍याउन नसकेको जिकिर गरे ।

उनले काँग्रेसले आशातित रुपमा काम गर्न नसकिरहेको पनि बताए ।