२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

पहारी स्मृति अक्षयकोषबाट दुई विद्यार्थीलाई छात्रवृति प्रदान

बुधवार , जेठ ९, २०८१

भैरहवा ९ जेठ ।
काशी तारा ई.सविन पहारी स्मृति अक्षयकोषबाट रुपन्देहीको भैरहवास्थित काशी नोबल एकेडेमीमा अध्ययनरत दुईजना विद्यार्थीलाई छात्रवृत्रि प्रदान गरिएको छ । 
स्मृति अक्षयकोषका संरक्षक शिव प्रसाद पहारीले एक कार्यक्रममा छात्रवृत्तिवापतको नगद रकम हस्तान्तरण गरेका हुन् ।

काशी नोबल एकेडेमीबाट २०८० सालको आधारभूत तह परीक्षामा सहभागी भइ छात्रतर्फ उत्कृष्ट नतिजा प्राप्त गर्न सफल आर्यन भण्डारी र छात्रातर्फ अस्मिता कंडेललाई अक्षयकोषबाट जनही १३ हजार ५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम जैसीको अध्यक्षता, विद्यालयका प्रिन्सिपल राजेन्द्र घिमिरेको स्वागत मन्तव्य तथा कोओर्डिनेटर हरि प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा विद्यालयका सहायक प्राचार्य श्री रायमाझी, विद्यार्थीहरुलगायतको उपस्थिति रहेको थियो । काशी नोबल एकेडेमीमा आधारभूत तह अध्ययन गरेका सविन पहारीको उच्च अध्ययनको क्रममा सवारी दुर्घटनामा परी निधन भएको थियो । उनको स्मृतिमा अक्षयकोषबाट हरेक वर्ष दुईजना उत्कृष्ट नतिजा ल्याउने विद्यार्र्थीहरुलाई छात्रवृत्ति प्रदान गरिदै आएको छ ।