
बुधवार , जेठ ९, २०८१
भैरहवा, ९ जेठ ।
माइती नेपाल भैरहवाले बुधबार सरोकारवाला निकायहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विषयमा गरिएको छलफलमा सहभागीलाई माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, न्यायिक क्षेत्रका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
सहभागीलाई मानव अधिकार, यौन दुव्र्यवहार, सामाजिक सन्जालको दुरुपयोग तथा बालबालिकामा परेको असर, घरेलु हिंसा लगायत महिला तथा बालबालिकाहरुसँग जोडिएका समस्या, उद्वार, पुर्नस्थापना र पुर्नमिलनका कुरा, राष्ट्रिय परिचयपत्र, नागरिकता, जन्मदर्ता जस्ता कुराका समस्याका बारेमा पनि कार्यक्रममा छलफल भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का कार्यबाहक अध्यक्ष वसन्त प्रसाद भट्टराई, गैरसरकारी संस्था महासंघ रुपन्देहीका उपाध्यक्ष समिता मल्ल, ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर विष्ट, सहायक प्रहरी निरीक्षक दीपक पुन, मीना आचार्य, अधिवक्ता गोविन्द प्रसाद पन्थी, कमला शर्मा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी सहायक हवल्दार सन्तोष बुचा, टिका तिवारी लगायतले भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij